बढ्यो सुनको भाउ

0
6

काठमाडौं- नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। बिहीबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन २ सयले बढेर प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here