बढ्यो धनियाँको मुल्य, बजारमा गोलभेँडाभन्दा हरियो धनियाँ महँगो

0
12

काठमाण्डाै- गोलभेँडापछि हरियो धनियाँँको मूल्य बढेको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज धनियाँको थोक मूल्य किलोमा १५० रुपैयाँदेखि २ सय रुपैयाँ छ । खुद्रा पसलमा दोब्बर तेब्बरसम्म मूल्य पर्छ । यस्तै, आज लोकल सानो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ तथा टनेलको गोलभेँडा किलोको ७५ देखि ९० रुपैयाँ छ । यस्तै, ठूलो गोलभेँडा किलोको १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।

नेपालमा धेरैजसो हरियो धनियाँँ र गोलभेँडासहित तरकारी भारतबाट भित्रिने गरेको छ । तर, अहिले गर्मीका कारण भारतमा नै उत्पादन कम हुँदा गोलभेँडा र धनियाँँलगायत तरकारी भारतमै महँगो छ । भारतमा तरकारी महँगो नहुँदा नेपाली उत्पादन समेत त्यसतर्फ निर्यात हुन थालेको छ । यसको असर नेपाली बजारमा परेको हो ।

नेपालमा धनियाँँ, गोलभेँडालगायत तरकारी फलाउन उपयुक्त वातावरण भए पनि मागअनुसार उत्पादन हुन सकेको छैन । यस्तै, कतिपय अवस्थामा भारतीय तरकारी सस्तो पर्न जाँदा व्यापारीले स्वदेशी तरकारी खरिद नगरिदिँदा किसान मर्कामा पर्ने गरेका छन् ।

खेती गर्न प्रोत्साहन नहुँदा र उत्पादन भएका तरकारीले बजार नपाउँदा व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या घट्न थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here