बढ्दो छ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण हुने क्रम , बागमती प्रदेशमा मात्रै १२ सय ४८ जना संक्रमित

0
49

काठमाडौ – पछिल्ला दिनमा कोरोना भाइरसको हटस्पट काठमाडौ बनेको छ । देशभर संक्रमण भएको संख्याको आधा भन्दा धेरै संख्या काठमाडौं उपत्यकामा मात्र रहेका छन् । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण हुने स्वास्थ्यकर्मीको सख्या पनि बढी रहेको छ ।
बागमती प्रदेशमा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीहरुको सख्या १ हजार २ सय ४८ जना रहेको छ । यो सख्या बागमती प्रदेशमा रहेको जम्मा स्वास्थ्यकर्मीहरु संख्याको एक तिहाइ भन्दा बढी हो ।बागमती प्रदेशमा अहिले ३ हजार ४ सय ६ जना स्वास्यकर्मी कार्यरत रहेका छन् ।
प्रदेशको सबै भन्दा बढी संक्रमण काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौंमा मात्र ८ सय ६२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । त्यस्तै ललितपुरमा १ सय १५ र भक्तपुरमा ७१ जना संक्रमित भएका छन् । त्यस्तै काठमाडौं पछि बढी संक्रमित हुने जिल्ला चितवन रहेको छ ।
चितवनमा अहिले सम्म १ सय ३३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । त्यस्तै काभ्रेमा ४२ जना संक्रमित भएका छन् । सिन्धुपाल्चोकमा अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् । धदिङमा ५ जना संक्रमित भएका छन् । रसुवामा १ जना, रामेछापमा २ जना र सिन्धुलीमा ४ जना संक्रमित भएका छन् ।
त्यस्तै नुवाकोटमा ३ जना, मकवानपु्रमा ७ जना र दोलखामा ३ जना संक्रमण भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here