बढ्दै गरेको सुनको मूल्य सस्तीयो फेरी , तोलाको कति ?

0
34

काठमाडौं- सुनको मूल्य आज सात सय रुपैयाँ सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन उक्त रुपैयाँ सस्तो भएसँगै आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि सोही अन्तरमा घटेर आज प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । यो सुन अघिल्लो दिन ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भने आज स्थिर भाउमा कारोबार भएको छ। अघिल्लो दिन १२ सय १५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज घटबढ नभएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here