बजार नपाएको झोँकमा सडकमै फाले गोलभेँडा फ्याकेर विरोध

0
5

काठमाडौं- किसानले उचित मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारको सडकमा गोलभेंडा फ्याकेर विरोध गरेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठकाअनुसार नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानहरुले टमाटर फ्याकेका हुन् । नेपाली उत्पादनले बजारमा मूल्य नपाएको, खपत नभएको भन्दै किसानले गोलभेंडा फ्याकेर बिरोध जनाएको उनले बताए । समितिकाअनुसार तीन चार सय क्रेट जति गोलभेंडा सडकमा फ्याकिएको छ । कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेंडा फ्याकेर विरोध गरिएको समितिले जनाएको छ । उनले गोलभेंंडाको खपत बढाउने तथा मूल्यको विषयलाई लिएर छलफल हुने पनि बताए । कालिमाटी तरकारी बजारमा अहिले भारतीय ठूलो टमाटर प्रतिकिलो ४५ रुपैयाँमा विक्रि भइरहेको छ भने टनेलमा लगाएको नेपाली सानो टमाटर आठ रुपैयाँ प्रतिकिलो विक्रि भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here