बंगलादेशका राष्ट्रपति काठमाडौंमा

0
126

काठमाडौँ – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज काठमाडौं आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट दिउँसो राष्ट्रपति हमिद नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति हमिदलाई रिसिभ गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसहितका विशिष्ट पदाधिकारी पुग्नेका छन् भने राष्ट्रपति हमिदलाई विमानस्थलमा गार्ड अफ अनर समेत प्रदान गरिएको छ। गार्ड अफ अनरमा सहभागी हुन नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि विमानस्थल पुगेकी छन्। हमिद दिउँसो ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमणमा निस्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारीको निमन्त्रणामा बंगलादेशका समकक्षी हमिद ४ दर्जनभन्दा बढीको प्रतिनिधिमण्डल लिएर नेपालको औपचारिक भ्रमणमा आएका हुन् । राष्ट्रपतिले , राष्ट्रपति, प्रधानमन्त्री शिष्टाचार भेटघाटबाहेक बिहीबार पोखरा र शुक्रबार चन्द्रागिरि केबल कारको अवलोकन भ्रमण समेत गर्ने भएका छन् ।
बंगलादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख थिए। ७५ वर्षीय राष्ट्रपति सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा रहीआएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here