फोहोर वातावरणमा बस्ने मानिसलाई कोरोनाबाट मृत्यु हुने जोखिम कम !

0
25

काठमाडौं – भारतमा गरिएको एक अनुसन्धानले जहाँ सरसफाइ राम्रो छैन, खानेपानीको गुणस्तर पनि राम्रो छैन, त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुने जोखिम कम पाइएको देखाएको छ। यसको उल्टो जुन ठाउँ एकदम विकसित छ, सरसफाइ अत्यन्तै राम्रो छ, त्यहाँका मानिस भाइरसको संक्रमणबाट मर्ने जोखिम ज्यादा पाइएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार यस्तो अचम्मको तथ्य सेन्टर फर साइन्टिफिक एन्ड इन्डस्ट्रियल अनुसन्धानका वैज्ञानिकले सार्वजनिक गरेका हुन्। वैज्ञानिकका अनुसार न्यून आय भएका देशमा परजीवी तथा ब्याक्टेरियाबाट फैलिने रोग धेरै हुन्छ। जसले गर्दा त्यहाँका मानिसको रोग प्रतिरोधक क्षमता बलियो बनेको हुन्छ। पहिले नै संक्रमणसँग संघर्ष गरिसकेका कारण यस्ता देशमा कोरोनाबाट हुने मत्यु दर कम हुन सक्छ।
वैज्ञानिकका अनुसार यसलाई केस फ्याटलिटी रेसियो (सीएफआर) बाट बुझ्न सकिन्छ। सीआरएफको अर्थ महामारीका कारण हुने मृत्युको अनुपात। जसरी सामाजिक आर्थिक रुपमा पछि रहेको बिहारमा कोरोनाका कारण औसत मृत्यु दर ०.५ प्रतिशत छ। यो देशभरको औसत मृत्यु दर १.५ प्रतिशतको एकतिहाइ मात्रै हो। बिहारमा मात्र होइन, केरल र अस दुवैमा ०.४ प्रतिशत, तेलगंनामा ०.५, झारखण्डमा ०.९ तथा छत्तीसगढमा ०.९ प्रतिशत मात्र मृत्यु दर छ।
अनुसन्धानकर्ताका अनुसार महाराष्ट्र, गुजरात र पन्जाबजस्ता विकसित राज्यमा भने मृत्युदर २ प्रतिशतभन्दा बढी पाइएको छ। यो अनुसन्धान पानीको गुणस्तर, सरसफाइ र प्रति १० लाख कोरोनापीडितको मृत्युको तथ्यांकका आधारमा गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here