फेरी उकालो लाग्यो सुनको मूल्य

0
32

काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय कायम भएको छ। शुक्रबार सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार १०० रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार दुई सय ८५ रुपैयाँमा निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here