फेरी आयो सलह नेपालमा

0
148

काठमाडौँ – नेपालमा फेरि सलह प्रवेश गरेको छ । आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले पुष्टी गरेका छन् । आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुई वटा झुन्ड दाङमा देखिएका छन् ।
उक्त झुन्ड एक दुई लाखको संख्यामा रहेको अनुमान गरिएको छ । राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो । दिउँसो देखिएको झुन्ड हाल आकाशतिर उडिरहेका छन् ।
यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले अनुमान गरेको छ । केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड नेपाल प्रवेश नगरेको बताएको छ । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि सलहको झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here