फेरि बढ्यो सुनको भाउ

0
9

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here