फेरि चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

0
9

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार (आज) बसेको बैठकमा तालमेल गरेर जाने सहमति भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन्। त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ । सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो।प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन्। गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here