फिलिपिन्समा शक्तिशाली भूकम्प

0
24

दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको विभिन्न मिडियाहरुले बताइरहेका छन् । सोहि भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो ।यस्तै इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा भने नरहेको जनाएको छ । फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प शुरुमा ६.७ म्याग्नीच्यूडको मापन गरिएको थियो ।
इन्डोनेसिया भूकम्पीय जोखिममा रहेको मुलुक हो । गत बिहीबार मात्र इन्डोनेसियाको पूर्वी प्रान्तमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो र उक्त भूकम्पबाट कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका थिए । भूकम्पका कारण ठूलो मात्रामा पूर्वाधारमा क्षति पुगेको बताइएको थियो ।
फिलिपिन्सको भूगर्भ मापन केन्द्रका अनुसार डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार बिहान १० बजे आएको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ६० मिटर गहिराईमा रहेको थियो । प्रारम्भिक विवरणमा भूकम्पबाट जनधनको क्षति भएको समाचार प्राप्त नभएको फिलिपिन्सका उद्धार अधिकारीहरुले बताइरहेका छन् । तर भूकम्पका परकम्पन आउनेक्रम भने जारी रहेको छ ।
यस्तै फिलिपिन्सका किडापावान, डाभाओ, सारानगानी, जेनेरल सान्तोस, कागायान डी ओरो, जिनगूग र बिसलिग शहरमा पनि भूकम्पको अनुभव गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here