फाइजर कम्पनीले बनाएको कोरोनाविरुद्धको खाने चक्कीले अमेरिकामा प्रयोगको अनुमति पायो

0
6

न्युयोर्क – अमेरिकाको फाइजर कम्पनीले बनाएको कोरोना भाइरसको उपचारमा खाने चक्कीलाई अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले अनुमति प्रदान गरेको छ। १२ वर्षमाथिका व्यक्तिमा कोभिड पुष्टी भएका बिरामीलाई चक्की खान दिँदा अस्पताल जान नपर्ने र मृत्युवरण पनि गर्न नपर्ने बताइएको छ। प्याक्सलोभिड नामक चक्कीको प्रभावकारिता ८९ प्रतिशत रहेको दाबी गरिएको छ। अमेरिकामा मात्रै दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमितहरु फेला परेको अवस्थामा फाइजर कम्पनीले यो वर्ष १ लाख ८० हजार पूरा मात्रा उत्पादन गर्ने क्षमता राख्दैछ। कोभिड लक्षण देखिएको पाँच दिनभित्र खुवाउन शुरु गर्ने विभिन्न प्रकारका यसका च्क्कीहरु ५ दिनसम्ममा पूरा मात्रा दिनु पर्ने फाइजरले जनाएको छ। मागभन्दा ज्यादै कम उत्पादन क्षमता रहेपनि कोभिड उपचारको क्षेत्रमा प्याक्लोभिड चक्कीले मानिसहरुमा नयाँ उत्साह जगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here