प्रेमकुमार श्रेष्ठ वाणिज्य विभागको महानिर्देशकमा नियुक्त

0
9

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आपूर्ति महाशाखा प्रमुख रहेका प्रेमकुमार श्रेष्ठ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा नियुक्त भएका छन् । श्रेष्ठलाई सचिव स्तरीय निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो ।तत्कालिन महानिर्देशक प्रकाश पौडेल सरुवा भएपछि विभाग डेढ महिनादेखि नेतृत्वविहीन थियो । एक दिन पनि खाली राख्न नपाइने अर्धन्यायिक निकायलाई मुख्य चाडपर्वकै समयमा नेतृत्वविहीन बनाइएको भन्दै उपभोक्ता अधिकारकर्मीहरु सरकारप्रति रुष्ट थिए । मन्त्रालयमा मन्त्री नभएका कारण महानिर्देशक पठाउन नसकेको भन्दै मन्त्रालयले डेढ महिनादेखि विभाग निमित्तको भरमा सञ्चालन गरेको थियो । श्रेष्ठले अइतबारदेखि विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका हुन् । स्वदेशी व्यापार विस्तारमा सहयोग, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्ता हित संरक्षण एवं स्वच्छ बजार कायम गर्न आफूले अधिकतम् काम गर्ने महानिर्देशक श्रेष्ठले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here