प्रहरीको गाडी दुर्घटना हुँदा इन्सपेक्टरसहित दुई जना घाइते

0
5

वीरगञ्ज- पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज–ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जानकारी दिए । गएराति नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठोरीको ठुटेखोलाबाट बरामद गरेको २२ पोका गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा छोड्न आउने क्रममा सवारी दुर्घटना भएको थियो । (समाचार श्रोत- अनलाइन खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here