प्रहरीको क्यान्टिनभित्र मिनिरल वाटरको बोत्तलमा किरा भेटिएपछि…

0
3

काठमाडौँ- काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ । किरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ। क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोत्तलमा किरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनीविरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो ।

‘हिजो उहाँहरुको निवेदन हामीलाई परेपछि बोत्तल सहित चेकजाँच गर्दा माकुरा भेटेको बजार अनुगमन समितिकी निरीक्षण अधिकृत डा. पुजा खनालले जानकारी दिइन्।

कागेश्वरी मनोहरा नगरपालिका-६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यस्तै पानी बोत्तलमा भर्नु अगाडि बोत्तल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ ।

प्रालिलाई महानगरले ढुवानी कर्तालाई पनि निर्देशन उपलब्ध गराउन भनेको छ । यस अघि पनि महानगरले पानीको जार कम्पनीलाई पटक पटक कारबाही गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here