प्रमोद खरेलको आवाज अनि रञ्‍जित, रामकुमार ,माला र पुष्पाको अभिनयमा ”यो कस्तो नियती”

0
244

यो कस्तो नियती भगवानको पनि
थाहा छैन अहिले कहाँ छिन मेरी उनि
सोधुँ म कसरि खोजुँ म कसरि।।।
यस्तै यस्तै मार्मिक शब्दहरुले सिङ्गारिएको ”यो कस्तो नियती” बोलको गीत विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत प्रकासनमा आएको छ। गीतकार चन्द ललितको शब्द रचना रहेको गीतमा संगीत भने लोकप्रिय संगीतकार प्रभात सुबेदीको रहेको छ, जसमा आफ्नो आवाज दिएका छन् लोकप्रिय गायक प्रमोद खरेलले।
गीतको भिडियो पनि उत्तिकै मिहेनेतका साथ् बनाइएको छ , मान्छेको वास्तबिक भोगाइ र बिछोडिएका प्रेमिल मनहरुको दुख बेदनालाइ समेटेर भिडियोमा चित्रण गरेका छन् निर्देशक मिलन राजाले भने उस्तै राम्रो अभिनय गरेका छन् चर्चित मोडेल रञ्‍जित पौडेल, माला कुँवर , पुष्पा भण्डारी र राम्रो सम्भावना भएका नव मोडेल रामकुमार प्रधानले। यो भन्दा अगाडी एउटा म्युजिक भिडियोमा काम गरिसकेका मोडेल रामकुमार प्रधानले यस भिडियोमा आफ्नो राम्रो कला देखाएका छन्। र आफ्ना प्रसस्तै सभावानाका ढोकाहरु खोलिसकेका छन्। यस भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन पछिल्लो पुस्ताका चर्चित सम्पादक तथा निर्देशक बिनोद बमले।
गीत तथा गीतसँग सम्बन्धित सबैलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना , लाखौँ , करोडौंको मन जित्न सफल होस्।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,


कृपया गीत हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here