प्रधानमन्त्री भेट्न बालुवाटारमा राष्ट्रपति

0
34

काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी छन् ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा अगाडि राष्ट्रपति भण्डारी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार हुँदैछ । त्यसअघि प्रधानमन्त्री ओली सोमबार अर्थात आजै अस्पताल भर्ना हुँदैछन् ।
ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here