प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी,भोलिसम्म मन्त्रिपरिषद् विस्तार

0
11

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बिस्तारबारे छलफल गर्न सत्तारुढ दलहरुको बैठक (आज) बिहान ९ बजेदेखि सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता उपेन्द्र यादवसहितको बैठक बस्न लागेको हो। मंगलवारको बैठकमा कुन दललाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउने दलहरुको दाबी छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मंगलबार मन्त्रिपरिषद विस्तारबारे छिनोफानो हुने बताएका छन् । सकेसम्म आजै नभएपनि भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुको तयारी छ । यता, नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जान र मन्त्री बन्न मापदण्ड तय गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषदमा सहभागी हुन तीन मापदण्ड तय गरेको छ। दलहरुबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सहमति भएका आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना रहेको सत्तारुढ दल नेपाली काँग्रेसका एक नेताले जानकारी दिए। मापदण्ड अनुसार पार्टीका तर्फबाट मन्त्री चयन गर्दा भूगोल, समावेशीता र नयाँ पुराना पुस्ताबीचको सन्तुलन कायम गरिनेछ। प्रधानमन्त्रीको दल नेपाली काँग्रेसमा पनि सभापति समेत रहेका प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कृष्ण सिटौलासँग मन्त्रीका लागि नेताहरुको नाम माग गरेका छन्। अर्को सत्तारुढ दल नेकपा (माओवादी केन्द) ले पनि मन्त्री छनोटका लागि अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) लाई जिम्मा दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here