प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

0
6

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ। प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ। प्रधानमन्त्री प्रचण्डले आफू विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दल तथा स्वतन्त्र सांसदहरूसँग विश्वासको मत दिन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here