प्रधानमन्त्री ओलीले बोलाए प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक

0
12

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार साँझ अर्थात आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै छ। मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा भङ्ग भएपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने अनुमान गरिएको छ। यस्तै, आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ। प्रतिनिधिसभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए। यसअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here