प्रधानमन्त्री ओलीमा मनमोहनको जस्तो गुण नभएको नेपालको आरोप

0
177

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शालीन र बौद्धिक व्यक्तित्व मनमोहन अधिकारीले जीवनभर सादा जीवन र उच्च विचार अंगिकार गरेको स्मरण गरेका छन् । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको अवसरमा उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीमा त्यस्तो गुण नभएको आरोप लगाएका छन् । नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई एमाले एकतामा लाग्न अपिल गरेका छन् । उनले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्नु पर्ने समय रहेको भन्दै यस्तो अपिल गरेका हुन् । ‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु’, उनले भनेका छन् । उनले कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नपाउदा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको महशुस गरेको उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here