प्रधानमन्त्री ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको प्रचण्डको आरोप

0
144

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको आरोप लगाएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने ।
आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले बताए । यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here