प्रधानमन्त्रीले गरेको आग्रह उपसभामुखद्वारा अस्वीकार

0
18

काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । त्यसपछि मन्त्री बनाउने उनको आश्वासन रहेको छ ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।
तर तुम्बाहम्फेले भने ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार गरेको स्रोतको दाबी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here