प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई बामदेवका प्रेस सल्लाहकारको काउन्टर

0
27

काठमाडौ – प्रधानमन्त्री तथा नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई उपाध्यक्ष वामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले कडा जवाफ फर्काएका छन्। थापाले करिब ७ वर्ष अगाडकिो तस्विर राखेर आलोचना गरेपछि सुवेदीले सवाल जवाफमा उत्रिएका हुन्।
शनिवारको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई थापालाई सल्लाहकारबाट हटाउन आग्रह गरेका थिए। सञ्चार माध्यममा प्रधानमन्त्रीको बचाउ गरेको भए पनि प्रेस सल्लाहकारले नै ओलीलाई एक्ल्याइ रहेको धारणा गौतमले उक्त बैठकमा राखेका थिए।
आफूलाई पदबाट हटाउन गौतमले आग्रह गरेको भन्दै सल्लाहकार थापाले गौतमको पुरानो तस्विर फेसबुकमा राखेर आलोचना गरेका थिए।
त्यसपछि गौतमका प्रेस संयोजक सुवेदीले पनि फेसबुकबाटै थापालाई कडा जवाफ दिएका हुन्।
सुवेदीले थापा संगठन प्रणालीबाट विकास भएर आएको नेता नभएको आरोप लगाएका छन्। उनले थापालाई नेताको चाकडी गर्ने र हुर्मत लिने भन्दै आलोचना गरेका हुन्। सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो’ सुवेदीले फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारलाई पार्टीका नेताहरुको आलोचना गर्न छुट नभएको सुवेदीको तर्क छ।
गौतमलाई हराउन थापा २०७४ को चुनावमा लागिपरेको भन्दै पार्टीमा उजुरी परेको सुवेदीले बताएका छन्। उाले लेखेका छन् ‘सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने ? पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ? ०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको छ,ु उनले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here