प्रधानमन्त्रिले बोलाएको सर्वदलीय बैठकअघि साझा धाराणा बनाउनको लागि सत्ता गठबन्धनको बैठक बस्दै

0
10

काठमाडौंं – प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। सर्वदलिय बैठकमा आफ्नो ‘साझा धारणा बनाउनको लागि आज दिउँसो २ बजे गठबन्धनको बैठक बस्न लागेको बताइएको छ। बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन्। त्यसपछि अपराह्न ४ बजे सर्वदलीय बस्नेछ । संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक आह्वान गरेका हुन् । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ । प्रतिनिधिसभाको आगामी बैठक भने पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here