प्रदेश १ प्रहरी कार्यालय विराटनगरका १९ प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

0
8

विराटनगर – प्रदेश १ प्रहरी कार्यालय विराटनगरका थप १९ जना प्रहरी अधिकारीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ। प्रदेश प्रहरी प्रवक्ता एवं एसपी दीपक पोखरेलका अनुसार कार्यालयका थप १९ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि गत बुधबार एक अधिकृतसहित ५ प्रहरीलाई कोरोना देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो । ।
स्वाबहरु भेरिफिकेसनका लागि पुनः परीक्षण गरिने एसपी पोखरेलले बताएका छन् । पहिलो चरणमा संकलन गरिएका स्वाबहरुको परीक्षणमा १९ जनामा पोजिटिभ देखिएको र अब फेरि पनि परीक्षण गराउने प्रवक्ता एवं एसपी दीपक पोखरेलले जानकारी दिएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here