प्रदेश २का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई कोरोना संक्रमण भेटेका थिए प्रधानमन्त्री गृहमन्त्री, लगायतलाइ

0
27

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि कोरोना संक्रमण देखिएको हो ।
बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना संक्रमणको पुष्टि भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी एक बैठकमा सहभागी भएर मन्त्री यादव हालचालै काठमाडौंबाट फर्किएको र फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here