प्रदेशमन्त्रीनै उत्रिए संविधान विरुद्धको प्रदर्शनमा कालो झन्डा सहित

0
93

राजविराज – राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले संविधान दिवसको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार बिहानदेखि नै उनीहरुले राजविराजको गजेन्द्र चोकमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसहित जिल्लाका स्थानीय तहमा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरेका हुन् ।
गजेन्द्रनारायण सिंहको सालिक परिसरलाई सरसफाई गरेपछि उनीहरु संविधानविरुद्ध नाराबाजीमा उत्रिएका थिए ।
प्रदर्शनमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय समिति सदस्यहरु, विभिन्न गाउँपालिका र नगरपालिकाका वडा सदस्यहरुसहित राजपाका केन्द्रीय, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरु सहभागी रहेका थिए ।
त्यस्तै ,संविधान दिवस समारोह समिति सप्तरीको आयोजनामा बिहीबार बिहाननै राजविराज नगरका विभिन्न भागको सरसफाई समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here