प्रदर्शन अगावै चौतर्फी चर्चामा धुलो, हलहलमा फागुन १६ मा, हेर्नुहोस गीत

0
232

काठमाडौं- प्रदर्शन अगाबै चौतर्फी चर्चा कमाइरहेको नेपाली कथानक चलचित्र धुलोको एक गीत सार्वजनिक गरिएको छ। यहि फागुन १६ देखी नेपाल अधिराज्यभर एक साथ् प्रदर्शन हुन् लागेको यस चलचित्रको निर्देशन प्रधुम्न मिश्रले गरेका हुन् । सिके वाग्लेको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा,प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायतका कलाकार मुख्य भूमिका ममा छन् भने नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा देख्न पाइने छ ।
यस्तै लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता तथा दीपा धरेल सहनिर्माता रहेको फिल्म सुवास सिंह बस्न्यातले लेखेका हुन् । रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका छन् । फिल्म हरेक कोणबाट उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने बिश्वास निर्देशक मिश्रको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा लभ,सेन्टिमेन्टस र आइटम भावका चार वटा गीत समाबेश छन् । चलचित्रका गीतहरुमा केशब मिश्र र दिपक शमिरको शब्द रचना रहेको छ भने जुगल डंगोल र शंकर थापाको संगीत रहेको छ ।
अहिले भने केशब मिश्रको शब्द र जुगल डंगोलको संगीतमा रहेको सुखको अनुभूति भो बोलको गीतलाई भ्यालेन्टाइन डे को अवसर पारेर सार्वजनिक गरिएको छ, जुन गीतमा आवाज मनोज राज र रजिना रिमालको रहेको छ।
चलचित्रको ट्रेलर पनि अब केहि दिनमै प्रकाशित गरिने चलचित्रका निर्देशक प्रधुम्न मिश्रले जानकारी दिएका छन् ।

कृपया गीत हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here