प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

0
7

काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । बैठकमा सभामुखले पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज एक बजे नै बस्ने संसद सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here