प्रचण्ड कम्युनिस्ट भए आफु कम्युनिस्ट नभएको केपी ओलीको भनाइ

0
12

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताएका छन् । सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको पनि बताए । ‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भने, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड सम्झन्छन् । अनि कसरी हुन्छ रु हुने कुरै रहेन नी ’ उनले पहिला पनि आफुले प्रचण्ड कम्युनिस्ट हुन् भने म होइन भनेको स्मरण गर्दै भने, ‘मैले एकपटक भनेको थिएँ, पोहोर परार । यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन भने म कम्युनिस्ट होइन । प्रचण्ड भन्ने मान्छे नै कम्युनिस्ट हो भने म होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’ आफु र प्रचण्ड दुवै कम्युनिस्ट हुनै नसक्ने ओलीको दावी छ । ‘त्यो सम्भव नै छैन नि दुइटा एउटै कुरो कसरी सम्भव हुन्छ रु’, ओलीको प्रश्न छ । आफु र प्रचण्ड बीचमा फरक छुट्याउँदै ओलीले भने, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ म शान्तिको पक्षमा छु । उहाँ जात जातमा भिडाउन खोज्नुहुन्छ, मान्छेलाई म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडको लडाई गराउन खोज्नुहुन्छ म शान्ति कायम गरेर मेलमिलापसँग अघि बढ्नुपर्छ, सबैलाई समान अधिकार दिनुपर्छ भन्छु।’ उनले पाँच दलीय गठबन्धन दुई दिनको खेल र टालाटुली बटुलेका पुतली भएको दावी गरे । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी परिणामले देखाउने ओलीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here