प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते, १ जनाको अबस्था गम्भीर

0
5

काठमाडौं- सोमबार प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुलातर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । त्यस्तै, घाइतेमध्ये ६ जनालाई थप उपचारको लागि बुटबल पठाइएको छ भने तीन जनाको भने प्युठानमै उपचार भइरहेको छ । ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको जनाइएको छ । (समाचार श्रोत; रिपोर्टस नेपाल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here