पोसाकसहित नेपाल किन आए भारतीय प्रहरी

0
26

काठमाडौं – भारतीय प्रहरी पोसाकसहित नेपाल प्रवेश गरेका छन् । एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी ३ जना दैलेख सदरमुकाममा पुगेका हुन् ।
भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी र घरमा विषादी हालेर खाना खुवाएको अभियोग लागेका व्यक्तिको ठेगाना खोज्दै आफूहरु आएको बयान समेत दिएका छन् ।
उनीहरुले एक व्यक्तिको नाम र फोटो लिएर नेपाल आएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here