पोखराका ८ जना प्याराग्लाइडिङ पाइलट कारबाहीमा

0
130

काठमाडौ- प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्र्याँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ ।
यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्वानले ती चालकलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार आठजना चालकको उडान अनिश्चितकालका लागि रोकिएको हो । उनका अनुसार चालक युकेश गुरुङ, सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई उडान गर्न रोक लगाइएको हो ।
चालकले यात्रुसहित उडानको क्रममा सुरक्षामा हेलचेक्र्याँइ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here