पैसा बाजी राखेर लुडो खेल्दा ७ जना पक्राउ

0
13

काठमाडौं- पैसा बाजी राखेर लुडो खेलेको आरोपमा प्रहरीले काठमाडौं-१४ स्थित, सुनारगाउँबाट ७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा पक्राउ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको प्रहरीले बताएको छ । उनीहरुको साथबाट केहि पैसा पनि बरामद भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरले बताएका छन् । साथै पक्राउ परेका सबै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी रहेको पनि डीएसपी कुँवरले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here