पेट्रोल लिएर काठमाडौंतर्फ आइरहेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी

0
13

काठमाडौं – पेट्रोल लिएर काठमाडौंतर्फ आइरहेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ । दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।
नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here