पेट्रोलियम पद्धार्थ बोकेको ट्यांकर मकवानपुरको कुन्छाल पुलबाट खसेर दुर्घटना

0
18

काठमाडौं – १२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेको ट्यांकर मकवानपुरको कुन्छाल पुलबाट खसेर दुर्घटना भएको छ ।अम्लेखगञ्जबाट सिस्नेरीका लागि छुटेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेर त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जादै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर थाहा नगरपालिका वडा नं. १ स्थित कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here