पूर्व राष्ट्रपति यादवले भेटे डा. केसीलाई , चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह

0
109

काठमाडौं – पूर्वराष्ट्रपति डा.रामवरण यादवले अनसनरत डा.गोविन्द केसीलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर यादवले डा.केसीको स्वास्थ्य अवस्थामा चासो लिदै सरकारलाई माग सम्बोधनका लागि आग्रह समेत गरेका छन् । पत्रकारसँग संक्षिप्त कुराकानीगर्दै यादवले भने, ‘चाँडोभन्दा चाँडो माग सम्बोधन हुनुपर्छ । जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ । सरकारलाई मेरो आग्रह छ, उहाँका माग सम्बोधन गर्नुपर्छ ।
गान्धी जयन्ती तथा विश्व अहिंसा दिवसको अवसर पारेर त्रिवि शिक्षण अस्पताल पुगेका यादवले आफ्नो स्वास्थ्य अवस्था हेरेर अनशन तोड्नका लागि केसीसँग आग्रह गरे । स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राखेर १९औँ पटक अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here