पूर्वप्रधानमन्त्री एबम एमाले नेता झलनाथ खनालले गरे देउवालाई विश्वासको मत दिन अपिल

0
18

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् । ‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’ खनालले वक्तव्यमा भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु ।’ गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताएका छन् । ‘५ वर्षको निम्ति निर्वाचित भएको प्रतिनिधि सभालाई असंवैधानिक रुपले गरिएको विघटनलाई बदर गरी फेरि पुनः स्थापित गरिएको छ । त्यसैले यो नेपालको संवैधानिक–राजनीतिक इतिहासमा एउटा ऐतिहासिक फैसला हो,’ खनालको भनाइ छ । खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् । खनालले वक्तव्यमा आफ्नो स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पनि जानकारी दिएका छन् ।

                                                                                                   
                                                                      - रातोपाटि बाट साभार 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here