पुस २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

0
10

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्। उनि भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग लिन यहीँ पुस २५ गते भारतको राजधानी नयाँ दिल्ली जाने भएका हुन्। देउवाले २५ गते नै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ। एकदिन दिल्लीमा बसेर प्रधानमन्त्री देउवा गुजरात ग्लोबल समिटमा भाग लिन भारतीय समकक्षी मोदीको गृह प्रदेश गुजरात पुग्नेछन्। गुजरात ग्लोबल समिट जनवरी १० अर्थात पुस २६ गतेबाट सुरु हुँदैछ। तिन दिनसम्म चल्ने समिटमा प्रधानमन्त्री देउवाले भाग लिने कार्यक्रम रहेको छ। देउवाले २० देखि २५ जना प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here