पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुने

0
23

काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुस १ गतेबाट पशुपतिनाथको मन्दिर खुल्ला हुने बताएका छन्। मन्त्री भट्टराईले कोभिड–१९ का कारण बन्द रहेका धार्मिक–सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गरेर खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको जानकारी दिए।
बुधबार पशुपतिमा स्थापना गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताए।
पशुपतिका धार्मिक–सांस्कृतिक गतिविधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न(गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका छन्।
पशुपति विकास कोषको दाता परिचालन अन्र्तगत रहेर एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृहं) मेसिनको स्थापना गरेको हो।
पशुपतिमा स्थापना गरिएको आधुनिक मेसिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने, वातावरणमैत्री, काठको खपत पनि विगतमा जस्तै दाउराबाट जलाउँदा भन्दा धेरै कमी आउने र एउटा शव चलाउने कार्य बढीमा डेढ घण्टामा सम्पन्न हुने जानकारी आफूले पाएको उल्लेख गर्दै उनले संस्कार भनेको मानव जातीले विकास गरेका प्रविधीहरुसँगै परिस्कृत हुदै जाने बताए।

स्रोत : न्युज सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here