पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

0
13

काठमाडौं – पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। पाटन अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माका अनुसार उपचाररत ४५ वर्षीय र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो। कोरोना संक्रमित ४५ वर्षीय पुरुष क्यान्सर पीडित थिए भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएको बताइएको छ।
यसअघि बिहीबार राती पनि पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here