पाकिस्तानी सेनाको हेलिकोप्टर दुर्घटना २ पाइलटको मृत्यु ,थप विवरण आउन बाँकी

0
57

इस्लामाबाद – पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकोप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ । इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर)का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए । दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ । आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन । जीबी ‘मुख्यमन्त्री’ खालिद खुर्सीद खानले विज्ञप्ति मार्फत घटनाबारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here