पाइलट विजय लामालाई कोरोना भाइरस संक्रमणको पुष्टि

0
16

काठमाडौँ – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।
पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बसेका छन् ।
दक्षिण सुडानबाट फर्केपछि लामाले जहाज उडाएका थिएनन् । लामासँगै अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोल्हात्कर पनि लामासँगै सोल्टी होटलको आइसोलेसनमा बसेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here