पहिलो पटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक सैनिक जवानको मृत्यु

0
212

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।
नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए अनुसार ति जवान लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका थिए। उनको भदौ २९ गते मृत्यु भएको हो।
पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनले भने, ‘उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।’ यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here