पहिलो नेपाली आईडल बादल लिम्बुको ‘बोलाउ तिमी’ सार्वजनिक [ भिडियो]

0
215

काठमाडौँ – गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् ।
पार्श्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश “ हराए म तिम्रो” बोलको गीत चर्चित छ । यसघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन । पहिलो नेपाली आईडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन ।
‘बोलाउ तिमी’ रोमान्टिक माया प्रेममा आधारित गीत हो । रमाइलो तरिकाले निर्माण गरिएको भिडियोमा लक्ष्मु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्याम्पिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ । बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शक हरुले राम्रो प्रतिक्रिया दिरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
गीतले सबैको मन जित्न सफल होस्, राम्रो बजार पाओस गीत अनि गीत संग सम्बन्धित सपूर्ण श्रष्टा कलाकार तथा प्राविधिकलाई हाम्रोतर्फदेखि पनि सफलताको लाखौँ लाख शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here