पहिरोले घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ४ जना बेपत्ता

0
12

कालीकोट – मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने पहिरोमा परि दुई बालक बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख कालीकोटले जनाएको छ । प्रहरीका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ४ जनाको मात्रै शव भेटिएको छ ।
राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढाको शव निकालिएको प्रहरीले बताएको छ। ७ वर्षीय बालक रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा बेपत्ता छन् ।
यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । पहिरोमा ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here