पहिरोले घर पुरिँदा रोल्पामा दुई जनाको मृत्यु

0
7

रोल्पा – पहिरोले घर पुरिँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको हो। प्रहरीका अनुसार पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here