पहिरोमा पुरिएर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु

0
9

काठमाडौं – पहिरोमा पुरिएर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here